काठमाडौं । कांग्रेस सांसद मुक्ताकुमारी यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद यादवले यस्तोल बताएकी हुन् ।
वीपी कोइरालाले २०१५ सालमा सरकार गठन गर्दासमेत समावेशी मन्त्रिपरिषद् रहेको उल्लेख गर्दै सांसद यादवले वर्तमान सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना गरेकी हुन् । २०१५ सालमा महामानव वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो, सांसद यादवले भनिन्, अहिले यो सरकार सुमावेशी छैन, समावेशी बनाउन चुक्नुभएको छ ।
ओली नेतृत्वको मन्त्रिपरिपरिषद्मा दलित, मुस्लिमलगायतको शून्य सहभागिता रहेको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेको छ । त्यस्तै, दुई जना मात्रै महिलालाई मन्त्री बनाएर न्यून सहभागिता गरिएको प्रश्न पनि उठेको छ । सरकारमा सहभागी कांग्रेस सांसदले नै सरकार समावेशी नभएको भन्दै संसद्मा पनि प्रश्न उठाएकी हुन् ।
