बुध, भदौ ३१, २०८३
26.1 C
Kathmandu

मुकुल ढकालको आरोपबारे स्वर्णिमको जवाफ- सडकका गँजेडीहरु जवाफ दिएर साध्य हुन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सडकका गँजेडीको जवाफ दिएर साध्य नहुने बताएका छन् ।

ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको बताए ।

पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

, ‘ढकालले लगाएको आरोप सही हो ’भन्ने प्रश्नमा यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । तपाईँ सडकका गँजेडीहरुको जवाफ दिएर साध्य हुन्छ ?

‘हिजोसम्म महामन्त्री भएको व्यक्तिलाई आज गँजेडी भन्ने प्रश्नमा ’वाग्लेले भने, ‘प्रमाण छ त उहाँसित ? आरोप त जसलाई जे पनि लगाउन सकिन्छ नि ।’
ढकाललाई धम्की दिएको आरोपबारे वाग्लेले जवाफ दिए, ‘त्यो गलत हो ।’

सम्बन्धित समाचार

ताजा न्यूज