आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो ।
प्रधामन्त्रीका विकास सल्लाहकारमा डा. युवराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको राष्ट्र बैंकका एक अधिकारीले बताए । उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो।
राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो ।
सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।
तर अर्थमन्त्रीको बिफ्रिङपछि डा. खतिवडाले थप परामर्श गर्न खोजेका थिए । सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आगामी साता भित्रै ल्याउने गरी तयार भइरहेको छ ।
