बिहि, अशोज १, २०८३
23.1 C
Kathmandu

मन्त्री छनोटमा कांग्रेस कहाँ चुक्यो, यस्तो छ नेताहरूको असन्तुष्टिको कारण…

काठमाडौं नेपाली कांग्रेसभित्र मन्त्री छनोटका विषयमा असन्तुष्टि देखीएको छ । । १० मन्त्रालयसहित सरकारमा सहभागी मन्त्री छनोटका क्रममा गुटबाट नाम टुंग्याएर अन्तिममा हटाइएकाहरूले आफूमाथि अन्याय भएको बताए ।

कांग्रेसबाट मन्त्री बन्नेमा डा. शेखर कोइरालाको समूहमा सहमहामन्त्री जीवन परियारको नाम पनि चर्चामा रहेको थियो । अन्तिम समयमा नाम हटाइँदा डा कोइरालासँगै पार्टी नेतृत्वप्रति सिंगो दलित समुदाय नै रुष्ट भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही दलित समुदायमाथि प्रतिगमन भएको टिप्पणी गरे । उनी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सधैँ समावेशी, समानुपातिक व्यवस्थाको विरोधी रहेको आरोप लगाएका छन् ।

कांग्रेस नेतृत्वले समेत आफ्नो वास्तविकता बुझ्न नसकेको बताए । उनले वर्तमान सरकारमा सबैभन्दा बढी मन्त्री बनाएको कांग्रेसले दलितलाई स्थान नदिनुले उसको कृतघ्न उदांगिएको बताए ।
मन्त्री बनाउने अन्तिम सूचीमा नाम परेको भन्दै सार्वजनिक गरेर नबनाइएका नेताहरू झन् धेरै असन्तुष्ट छन् ।

उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्लाका नेतासमेत रहेका थानीको नाम अन्तिम समयमा हटाइएको थियो । थानीले आफ्नो नाम काट्न क कसले कस्तो भूमिका निर्वाह गरे भन्दा पनि आफ्नै समूहका नेता डा. शेखर कोइराला किन अड्न सकेनन् भन्ने प्रश्न खडा भएको बताउँछन् ।

उनी निकटहरू भने थानीलाई मन्त्री बन्न रोक्नुको पछाडि कोइरालाको मात्रै भूमिका होइन खड्का पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् ।महाधिवेशनलाई केन्द्रमा राखेर मन्त्री छनोटलाई केन्द्रमा राखिएको बताउँछन् । उता संस्थापन समूहबाट पनि सहमहामन्त्री किशोरसिंह राठोरको नाम अन्तिमसम्म चर्चामा रहेर हटेको थियो । राठौर आफ्नो नाम किन हटाइयो भन्ने आफू जानकार छैनन्। उनी त आफूलाई त यसकारण परिनस् भनेर पनि कसैले जानकारी नदिएको बताए ।

उनी पद नपाएर असन्तोष राख्ने स्वभाव आफ्नो नभएको भन्दै थप कुरा नगर्ने बताए । देउवाले छुट्टै पार्टी बनाउँदा नेविसंघको नेतृत्व गरेका राठौर देउवाका नजिकका नेता हुन् । ०७४ को संसदमै रहेका उनी देउवाको अघिल्लो कार्यकालमा किन मन्त्री बनाइएन भनेर समर्थकहरूले प्रश्न उठाएका थिए ।

तर, यसपटक पनि नपर्दा देउवाले पद माग्दै हिँड्नेलाई मात्र हेरेको बुझाईमा उनी निकटहरू पुगेका छन् । ती नेताहरू राठौरले आन्तरिक कुराकानीमा भने देउवाकै मन्त्रिपरिषदमा सहभागी बनाउने आश्वासन दिएको बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज