शनि, अशोज ३, २०८३
19.1 C
Kathmandu

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गर्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।

आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका हुन् । पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गरेका छन् ।

अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार

ताजा न्यूज