शनि, अशोज ३, २०८३
19.1 C
Kathmandu

गृह मन्त्रालयले बनाएको कार्यदल पुग्यो चितवनको सिमलताल

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन् ।

बुधबार बिहान गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल चितवनको सिमलताल पुगेका हुन् ।

गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

कार्यदलले घटना कसरी भएको, कसको कमी-कमजोरीले घटना भएको हो भन्ने विषयमा अध्ययन गर्ने सहसचिव रिजालले बताए ।

‘घटना कसरी भयो, कसको कमी-कमजोरीले भयो, सडक विभागको कमजोरी पो छ कि ! सवारी चालकहरूको लापर्बाही देखिन्छ कि१ आगामी दिनमा यस्ता घटना दोहोरिन के गर्न सकिन्छ भनेर र मृतक परिवारलाई कसरी राहत दिन सकिन्छ भनेर पनि हेर्छौं,’ उनले भने।

अहिलेलाई सिमलताल घटनालाई केन्द्रित भएर अध्ययन गर्ने र यस्तै प्रकृतिका खोला भएका ठाउँहरूको पनि पहिचानको प्रयास गर्ने उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज