आइत, अशोज ४, २०८३
23.1 C
Kathmandu

८४ को चुनाव वामपन्थी मिलेर जाने भनेपछि म मख्ख परेँ- प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आफू झुक्याइएको स्वीकार गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामाम पाँचौँपटक विश्वासको मत माग्ने क्रममा प्रचण्डले असार १७ गते बिहानमात्रै ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेको कुरा स्मरण गरे।

‘म लामा लामा मिठा र भरोसापूर्ण संवादबाट लठ्याँइएँ। अल्मलिएँ। स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहानको हो। त्यही दिन बिहान ८४ को चुनाव वामपन्थी मिलेर जाने, पार्टी पनि एउटै बनाउने भनेपछि म मख्ख परेँ,’ प्रचण्डले भने।

उनले एमालेको मूल नेतृत्वबाट नै त्यस्तो अभिव्यक्ति आएपछि आफूले पत्याएको बताइए।

‘मूल नेतृत्वले नै स्वर्ग र नर्क सँगै जाने भएपछि के नपत्याउनेरु म फुर्कँदै क्याबिनेट गएँ। त्यहाँ उपप्रधानमन्त्री मन्त्रीहरूलाई शंका थियो। धोका हुन लागेको छ रे भन्ने त कुरा भएको थियो। हैट, तपाईंहरू ढुक्कले काम गर्नुस् केही हुँदैन भनेँ, कति लाटो म,’ प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सभापतिको मनोवृत्ति मैले जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ। झुक्याँइए म। म यसको नैतिक जिम्मेवारी लिन तयार छु।’

सम्बन्धित समाचार

ताजा न्यूज