काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए ।
प्रधानमन्त्रीले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन् ।
