काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको आरा
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरिदिन आग्रह गरे।
देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्। उक्त विषयको प्रसंग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिलेरु भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’
‘सरकारको कुरा के गर्नु, मैले बेला बेलामा पढ्दै आएको रोम जलिरहेको बेला निरोले बाँसुरी बजाएर बसेको जस्तै, सरकार घोर अल्पमतमा परेको तर बाँसुरी बजाएर बसिरहेको छ,’ उनले भने।
एक हप्ताको बीचमा वर्षात्को कारण मानिसको मृत्यु हुने कुरा हाम्रो शासकीय प्रणाली र व्यवस्थापनमा कमजोरी रहेको उनले बताए।
‘देशमा यस्तो अवस्था हुँदा प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको छ। देशलाई अस्थिरतामा लान सकिन्छ कि भनेर प्रयत्न गरिरहनुभएको छ,’ गैरेले भने।
