नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बुले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकोप्रति लक्षित गर्दै उनले शीर्ष नेताहरूले खुट्टा नकमाई कांग्रेस–एमालेबीचका समझदारी अनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गरे।
आइताबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यस्तो बताएका हुन् ।
‘अहिलेको परिस्थितिमा नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्ने जुन जमर्को गरेका छन। म आग्रह गर्न चाहन्छु–हाम्रो पार्टीका शीर्ष नेताहरूले पनि खुट्टा नकमाइकन, धोकाधडी नगरीकन स्थिर सरकार दिएर अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु,’ उनले भने।
