काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताए।
कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
आफू अल्पमतमा हुँदा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बाटो रोजेपनि ओलीलाई प्रधानमन्त्री बन्न छेक्नसक्ने विश्लेषण भइरहेको छ।
प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन्। सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ।
तर, सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् चासो पनि छ। राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
उनले भनेका थिए, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छरु भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस्।’
