शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

एकीकृत समाजवादीको महाधिवेशनमा आज दस्तावेज पेस हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा आज दस्तावेज पेस हुने भएको छ । राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको हो ।

१२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज