काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा छलफल भएको छ । उक्त बैठकमा छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने थपिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीचको छलफल जारी छ।
शनिबार मात्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
प्रधानमन्त्री प्रचण्डले गत बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रमुख दलसँग छलफल गरेका थिए।
