आइत, कार्तिक ९, २०८३
14.1 C
Kathmandu

रास्वापालाई एनपी साउदको टिप्पणी- राजदूत चयनमा एनजिओको जस्तो सूचना र विज्ञापन निकाले…

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले राष्टिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै राजदुत छनोटमा एनजिओमा जस्तो सूचना र विज्ञापन निकालेरप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साउदले एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गरेकोप्रति असन्तुष्टि जनाएका हु्न् ।

उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन्। यसरी नियुक्ति गर्दा खेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन। त्यस कारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ। केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ।’

उनले थपे, ‘दलहरूले विज्ञापन निकालेर। यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यस कारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ। फिर्ता लिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज