सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

पूर्वमा आजबाट मौसम सुधार, पश्चिममा सोमबारदेखि सुधार हुने पूर्वानुमान

काठमाडौं । पाँच दिनदेखिको झरी पश्चिमतिर सर्दै बाहिरिने क्रममा रहेको छ । मौसम विज्ञान विभागका अनुसार गत बुधबारबाट देशभर भइरहेको वर्षा क्रमशः घट्दै गएको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा आइतबार बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।

आइतबारबाट पूर्वी नेपालमा मौसममा सुधार देखिएको छ भने पश्चिम नेपालमा भने सोमबारबाट सुधार हुने विभागले जनाएको छ । पश्चिम नेपालमा सोमबारसम्म वर्षा हुने भए पनि यसअघिको जस्तो ठुलो वर्षा नहुने बताइएको छ ।

तर पनि पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । निरन्तरको वर्षापछि घाम लाग्दा पहिरो जाने जोखिम रहने सरोकारवालाहरू बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज