सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाराजगञ्जस्थित निवासबाटै पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो ।

राणालाई पक्राउ गर्नुको कारण भने खुल्न बाँकी छ । राणा २०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो । प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यससम्बन्धी चार वटा रिट खारेज हुने फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज