शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

विनाशकारी भोटेकोशी बाढी– १३९२ जनाको शव फेला, ४०८९ जना बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण १३९२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८६ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १३९२ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १२३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १२८६ र आफन्तका १८५३ गरी कुल ३ हजार १३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४०८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २७८१ जना व्यक्तिहरूलाई राखिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज