काठमाडौं । असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ । त्यसपछि एक वा दुई वटा बैठक राखेर संघीय संसद्को अधिवेशन अन्त्यको तयारी भएको हो ।
यसबीचमा प्रतिनिधिसभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ । यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन अन्तय गर्ने सरकारको तयारी छ ।
गत भदौ १० गते स्थगित भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने क्यालेन्डरमा परेको छैन । यसअघि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तय भएको थियो । तर सोही दिन भोटेकोशीमा विनाशकारी बाढी गएपछिको अवस्थामा त्यसदिनको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको थियो । त्यसयता फेरि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय हुन सकेको छैन ।
सभामुखले रुलिङ गर्दासमेत प्रधानमन्त्रीसँगको प्रश्नोत्तरसम्बन्धि बाध्यकारी व्यवस्था तालिकामा पर्न सकेको छैन ।
