शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

शेरबहादुर देउवाको विश्वास–अदालतले रूख चिह्न र चारतारे झण्डा हामीलाई दिन्छ

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताएका छन्।

विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन अनुमति पाएको उल्लेख गरेका देउवाले भने, ‘रूख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिनेछ भन्ने विश्वास छ।’

बिपी जयन्तीका अवसरमा भक्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमै रहेको बताए।

तर गगन थापाले महाधिवेशन प्रतिनिधि कुन-कुन क्षेत्रका हुन् भन्ने सनाखत नै नगरी विशेष महाधिवेशन गरेको उनको भनाइ छ।

‘विशेष महाधिवेशन गर्न पाइन्छ, विधानमा यो व्यवस्था छ, सुवर्ण शम्शेरको पालामा पनि विशेष अधिवेशन भएको थियो,’ उनले भने, ‘तर गगन थापाले कुन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आएका हुन् सनाखत नै नगरी विशेष महाधिवेशन गरे। म सभापति हुँ, मलाई थाहा नै नदिई विशेष महाधिवेशन बोलाउन पाइन्छ?’

सम्बन्धित समाचार

ताजा न्यूज