काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा सोमबार राष्ट्रिय शोक व्यक्त गरिँदै छ ।
१८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा शुक्रबार राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको हो ।
नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गरिँदैछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी हालसम्म साढे १३ सयभन्दा बढीको मृत्यु भएको छ ।
अझै ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् भने १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।
खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् ।
