काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ९ असोजमा संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उनको सम्बोधनको मिति तय भएको हो ।
प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्रसंघीय महासभाको वक्तासूचीसमेत संशोधन गरिएको थियो । संशोधित सूचीअनुसार अपराह्न ३ देखि राति ९ बजेसम्म सम्बोधन गर्ने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्री शाह १७औँ नम्बरमा छन् । भोटेकोशीको बाढीपछि मात्र प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभा सहभागी हुने निर्णय लिएका हुन् ।
यसअनुसार प्रधानमन्त्री शाहले २४ सेप्टेम्बर अर्थात् नेपाली समयअनुसार ९ असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्नेछन् । सोही अधिवेशनमा दक्षिण एसियाली मुलुक बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त दिन महासभामा विभिन्न देशका ३८ जना नेताले सम्बोधन गर्दै छन् । अन्तिम दोस्रो सूचीमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नेछन् । उनीअघि आयरल्यान्डका प्रधानमन्त्री र शाहपछि मोल्दोभा गणतन्त्रका प्रधानमन्त्रीले बोल्नेछन् ।
