काठमाडौं । विपतका वेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढाएका छन् । प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको ग्यासको भाउ १०५ रुपैयाँ १८ पैसाले वृद्धि गरेर २१ सय ६५ रुपैयाँ १८ पैसा पु¥याइएको छ ।
यो मूल्य काठमाडौं उपत्यकामा शुक्रबारदेखि लागू भएको छ । विगतमा ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो ।
निगमले नै मूल्यसहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो । तर, अहिले निगमले नभइ उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढाएको घोषणा गरेका छन् ।
नियमित ढुवानी भइरहेको सडक पहिरोले अवरुद्ध भएपछि ग्यास ढुवानी हेटौँडा हुँदै त्रिभुवन राजपथबाट हुन थालेको छ । मुग्लिनको बाटो चल्दा ठुला बुटेलमा ग्यास ल्याइने गरेकामा त्रिभुवन राजपथबाट तराईमै सिलिन्डरमा रिफिल गरेर साना गाडीमा लोड गरेर ल्याउन थालिएको छ ।
यसले ढुवानी खर्च बढेको भन्दै उद्योगीले मूल्य बढाएको बताएका छन्
यसैबीच, तराईबाट २४ हजार पाँच सय सिलिन्डर ग्यास शुक्रबार काठमाडौं ल्याइदै छ ।
