सोम, कार्तिक ३, २०८३
16.8 C
Kathmandu

भोटेकोशी विपत्तिको पाँचौ दिन, खोजी, उद्धार र राहत के कति भयो ?

काठमाडौं । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीको विपत्तिपछि मृत्यु हुने र सम्पर्कविहीनहरूको विवरण सार्वजनिक हुने क्रम जारी छ । खोजी, उद्धार र राहतका प्रयास जारी रहे पनि प्रभावित क्षेत्रका धेरै परिवार अझै पीडामा छन् ।

हालसम्म ६७५ शव फेला परेका छन् । घाइते तथा उद्धार गरिएको संख्या ७ हजार ५१४ पुगेको छ । अझै २४९८ जना सम्पर्कविहीन छन् ।

२७ जना प्रहरी कर्मचारी पनि सम्पर्कविहीन छन् । उद्धारमा १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्जसहितका घाइतेको संख्या २१९ रहेको छ । खोजी, उद्दार र राहतको काम जारी रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज