काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल ‘एक्स’मार्फत शुभकामना दिँदै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध तथा जनस्तरको निकटतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले दुई देशबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्। शाहले नेपाल र भारतबिचको सम्बन्ध केवल सरकारी तहमा सीमित नभई जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्दै आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरेका छन्।
‘नेपाल र भारतबिचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबिचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री शाहको सन्देश भारतको राष्ट्रिय दिवसका अवसरमा दुई देशबिचको पारस्परिक सम्बन्ध, मित्रता र सहकार्यप्रतिको नेपालको प्रतिबद्धताका रूपमा आएको हो।
