सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

कांग्रेसको १४औँ महाधिवेशन पक्षधरको जोड–देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन पक्षधरले निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसको १५ औँ महाधिवेशनमा हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

१५ औँ महाधिवेशनको तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ ।

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ”पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो उद्देश्य र प्रतिबद्धता रहेको छ । यसका लागि नयाँ पुस्तालाई वैचारिकता प्रष्टता र समर्पण भावले तयार रहन हामी आग्रह गर्दछौँ,” प्रतिवेदनमा भनिएको छ ।

राष्ट्रिय भेला पार्टीको वृहत् एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख छ । ”पार्टीलाई एक बनाउन कांग्रेसको सङ्घर्ष, त्याग, तपस्या, बलिदान र योगदानको इतिहासले निर्दिष्ट गरेको गन्तव्यलाई अन्यथा हुन नदिन र नागरिकको भरपर्दो पार्टीका रूपमा पुनर्स्थापित गर्न यो भेला संकल्प गर्दछ,” राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा न्यूज