काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई सरकारले बारम्बार पक्राउ गर्दै आएको छ । अघिल्लो सरकारले पनि उनलाई पटक पटक पक्राउ गरेको थियो । अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले पनि उनलाई बारम्बार पक्राउ गर्दै आएको छ ।
तर, सरकारले बारम्बार पक्राउ गरे पनि अदालतले भने हिरासतमा राख्ने प्रहरीको मागलाई अस्वीकार गर्दै आएको छ । प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराएको थियो। तर अदालतले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति आफ्नै निवासबाट पक्राउ गरेको थियो।
