सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

भोलि र पर्सि देशैभर वर्षासँगै हावाहुरीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन भित्रिएको बाह्रौँ दिन भोलि देशभर एकसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढेसँगै देशैभर वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

नेपालमा असार ५ गते कोशीबाट मनसुन भित्रिएको थियो । महाशाखाले विशेष बुलेटिन जारी गर्दै भोलि र पर्सि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठुलो वर्षा तथा एक–दुई स्थानमा भीषण वर्षाको प्रक्षेपण गरेको छ ।

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाडी भूभागमा वर्षासँगै हावाहुरीको उच्च जोखिम औल्याएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज