सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश

एजेन्सी । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै क्यानडा अन्तिम–१६ मा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई विजयी गराए ।

खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए ।

तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक नै समूह चरणबाट बाहिरिएको थियो ।

प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज