बिहि, कार्तिक ६, २०८३
15.1 C
Kathmandu

मेसीले बनाए विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान

एजेन्सी । कप्तान लियोनेल मेस्सीले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने क्रममा २ गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

डलास स्टेडियममा भएको समूह जेको खेलमा मेसीले ३८औँ र इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो जित दिलाएका हुन् ।

खेलको सुरुमै पेनाल्टी अवसर खेर फालेका मेसीले त्यसपछि सानदार पुनरागमन गर्दै विश्वकपमा आफ्नो गोल संख्या १८ पु¥याए । योसँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई उछिन्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन् ।

मेसीले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

अर्को खेलमा साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । यो फ्रान्सको दोस्रो जित हो ।

फ्रान्सका लागि एम्बाप्पेले २ तथा डेम्बेलेले १ गोल गरेका हुन् ।

फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज