शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन मंसिरमा हुने, मूल आयोजक समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ।

असार ५ र ६ गते काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनलाई सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज