बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

रास्वपा महाधिवेशन : गगन थापा, केपी ओली र प्रचण्डलाई विशिष्ट अतिथिको निम्तो

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र पारिएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा विभिन्न पाँचवटा प्रतिवेदन पेश हुनेछन् । महाधिवेशनको दोस्रो दिन प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।

महाधिवेशनको उदघाटन भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेस्टहाउस चौरमा असार ७ गते दिउँसो १ बजे हुनेछ । उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ ।

उद्घाटन सत्रमा विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यक्रम छ । रास्वपाले शुभकामना मन्तव्यका लागि दलका नेताहरूलाई आमन्त्रण गरेको छ । रास्वपाले कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई विशिष्ट अतिथिको रुपमा निम्तो गरिएको छ ।

यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज