शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

भारत भ्रमणमा रहेका रवि लामिछाने र ट्रम्पका विशेषदूत गोरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि उनले सभापति लामिछानेसँग भेटघाट गरेका थिए ।

रवि र गोरेबीचको भेटलाई निकै चासोका साथ हेरिएको छ । भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो पटक हो ।

भेटका क्रममा नेपाल र अमेरिकाबिचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ । अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्ताक्रममा आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ । अमेरिका र नेपालबिचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज