बिहि, कार्तिक ६, २०८३
15.1 C
Kathmandu

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय अब एकमुष्ट नथप्ने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय बिहीबार सकिँदै छ । बैशाख महिनाभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय तोकिए पनि जेठ २१ गतेसम्मका लागि थप गरेको थियो ।
अब भने एकमुस्ट समय नथप्ने कांग्रेसले स्पष्ट पारेको छ । आवश्यकताअनुसार स्थानीय रुपमा भने समय लिएर सदस्यता अद्यावधिक गर्न सकिने बताइएको छ ।
१५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा ‘डिजिटली अद्यावधिक’ गर्नुपर्ने कांग्रेसले जनाएको छ । यद्यपि अहिलेसम्म निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले पुनः अद्यावधिक नगर्ने अडान कायमै राखेका छन् ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा वैशाख ३१ गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो । त्यो समय आज सकिँदै छ ।

अब छुट भएकाको हकमा एकमुस्ट समय नथपिने समितिका सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले क्रियाशील सदस्यता नवीकरण १५औँ महाधिवेशनका लागि गत पुस १० गते नै सकिइसकेको बताएको छ ।

इतर समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनका लागि अद्यावधिक आवश्यक नरहेको प्रस्ट पारेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज