बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

रास्वपामा पार्टी हित विपरीत काम गरेका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

सदस्यता खारेज भएकाहरूको नाम भने रास्वपाले गोप्य राखेको छ ।

यसैबीच, रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज