बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, अनुशासन कारबाहीको गृहकार्य

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। बुधबारका लागि बैठक बोलाइएको हो।

शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको अवस्थामा सो बैठक बोलाइएको हो। स्रोतका अनुसार केही नेतालाई कारबाहीको तयारी भइरहेको छ।

रमेश लेखक पक्राउको विषयमा पूर्णबहादुर खड्काले आफू कांग्रेसको कार्यबाहक सभापति भएको दाबी गर्दै छुट्टै विज्ञप्ति जारी गरेका थिए।

आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ ।

जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले पनि विज्ञप्ति निकालेपछि संस्थापन पक्ष आक्रोशित भएको छ । साथै, उनीमाथि अनुशासनको कारबाही चलाउन सकिने जनाउ दिएको छ ।

कांग्रेसको संस्थापन पक्षले प्रक्रियामा प्रश्न उठाए पनि जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनको समर्थन गरेको छ । तर, खड्काले जारी गरेको विज्ञप्तिमा ओली र लेखकको गिरफ्तारी राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित रहेको भन्दै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी छ । आधिकारिकता विवाद लम्बिँदा दुवै पक्ष आगामी कदमको रणनीतिक छलफलमा जुटेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज