सोम, अशोज ५, २०८३
23.1 C
Kathmandu

आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो बादल, पौडेल र विष्टलाई कमान्डर

काठमाडौं । पार्टी अध्यक्ष पक्राउको विरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न विरोधका कार्यक्रमका लागि तीन उपाध्यक्षलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ। महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय सचिवालयको बैठकले राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ।

संसदमा रहेका दलहरूसँग समन्वय र स‌ंवाद संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र कानुनी प्रतिवाद र संयोजनको जिम्मेवारी गोकर्ण विष्टलाई दिइएको छ।

सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन् । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन् ।

उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन् । महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !’

सम्बन्धित समाचार

ताजा न्यूज