सोम, अशोज ५, २०८३
25.1 C
Kathmandu

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको हो ।

प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने प्रणालीअनुसार गत चैत १ गते मूल्य बढाएको निगमले आगामी चैत १५ गते मूल्य समायोजन गर्ने कार्यतालिका छ । तर, चार दिनअघि नै निगमले घाटापूर्ति गर्नुपर्ने भन्दै ठुलो अन्तरले मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १ सय ६७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज