बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

संसदीय दलको नेताबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । संसदीय दलको नेताबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार दिउँसो ४ बजेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। सोही दिन दिउँसो सांसदहरूको शपथ तय गरिएको छ।

शपथ सकिएलगत्तै केन्द्रीय समितिको बैठक बसेर बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयनका लागि संसदीय दललाई अधिकार दिने गरी निर्णय गर्न लागिएको पार्टीका एक नेताले बताए। सोही दिन पार्टीको संसदीय दलको बैठक बसेर संसदीय दलको नेता सर्वसम्मत रूपमा छान्न लागिएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

संसदीय दलको नेता चयन भएलगत्तै प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। १३ गते शुक्रबार बालेनले प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज