बिहि, अशोज ८, २०८३
18.1 C
Kathmandu

चैत १३ गते बालेन सरकार बन्ने निश्चित, को को बन्दैछन् रास्वपाका मन्त्री ?

काठमाडौं । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिटको जनादेश प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार चैत १३ गते बन्ने भएको छ । रास्वपाका शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय गरेको हो ।

संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूको शपथ राखेको छ । बिहान ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिनेछन् । दिउँसो अन्य सदस्यहरूलाई केसीले शपथ गराउने तय गरिएको छ ।

शपथको भोलिपल्ट चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । सांसदहरूको सपथपछि रास्वपाको संसदीय दलको बैठक बसेर नेता चयन गर्नेछ ।

बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनको दिनसम्म मन्त्रीहरूको पनि टुंगो लाग्ने नेताहरूले बताएका छन् ।

क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा गृहकार्य सुरु भइरहेको रास्वपाका एक पदाधिकारीले बताए । रास्वपाका उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेसहित मन्त्री बन्ने तयारीमा छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज