शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको संशोधन रिट सर्वोच्चमा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।

महान्यायाधिवक्ता सबिता भण्डारीले गरेको निर्णयविरूद्ध दायर भएको रिट तेस्रो दिन पनि नटुंगिँदै हेर्दाहेर्दैमा राखिएको हो। यो रिटमाथिको सुनुवाइ अब बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलकै इजलासमा सुनुवाइ हुनेछ। बुधबार सार्वजनिक बिदा भएकाले बिहीबार सुनुवाइ हुन लागेको हो।

मंगलबार रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता दिपेन्द्र झा, नारायणदत्त कँडेल लगायतले बहस गरेका छन्। रविको पक्षबाट वकिलहरूले बहस टुंग्याइसकेका छन्।

त्यस्तै, निवेदकको तर्फबाट अधिवक्ता आभाष रेग्मी, निवेदक आयुष बडाल, अधिवक्ता टीकाबहादुर कुँवर, अधिवक्ता अनुपम भट्टराई लगायतले जबाफी बहस गरेका थिए।

बिहीबार निवेदकको तर्फबाट जबाफी बहस सकेपछि सुनुवाइ टुंगिनेछ।

महान्यायाधिवक्ता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गत पुस ३० गते स्वीकृति दिएकी थिइन्। त्यस अनुसार पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिलले रविको अभियोग संशोधन गर्न जिल्ला अदालतमा निवदेन दिएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज