बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीले जित्यो दुई तिहाई सिट

एजेन्सी । जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो ।

४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ । तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो । एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ ।

योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ । जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो ।

१९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेले जितेको ३ सय सिटको अघिल्लो रेकर्डलाई अहिले ताकाइचीले तोडेकी हुन् विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ ।

विपक्षी सेन्टर रिफर्म कोलिसन ४९ सिटमात्रै प्राप्त गरेको छ । जबकी अघिल्लो निर्वाचनमा उसको १७२ सिट थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज