शनि, कार्तिक ८, २०८३
21.1 C
Kathmandu

नेपालसहित ७५ देशलाई २१ जनवरीदेखि अमेरिकाको आप्रवासन भिसामा रोक

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ मुलुकका आवेदकहरुको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

अमेरिकी विदेश विभागले ७५ वटा देशमा आप्रवासी भिसा आवेदन बन्द गर्नका लागि निर्देशन दिइसकेको छ।

यो निर्णय २१ जनवरीदेखि ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन, दक्षिण एशिया, अफ्रिका र मध्यपूर्वका देशहरुमा लागू हुनेछ।

यसले ती व्यक्तिहरुलाई मात्रै असर गर्नेछ, जो स्थायी रुपमा अमेरिका गएर बसोबास गर्न चाहन्छन्। पर्यटन भिसा वा छोटो अवधिको भिसाका लागि यसले असर गर्नेछैन।

अमेरिकी जनताका लागि ल्याइएका लोककल्याणकारी सुविधाको दुरुपयोग गरेको भन्दै उनीहरुमाथि रोक लगाइएको हो। यस विषयमा पुनर्मुल्याङकन गरिने विदेश विभागले जनाएको छ।

‘अमेरिकी जनताको धन निकाल्न खोज्नेलाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ,’ विभागले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘७५ देशहरुबाट आप्रवासी भिसा प्रक्रियालाई रोकिनेछ । लोककल्याण र सार्वजनिक सुविधाहरु लिन चाहने विदेशी नागरिकहरुको प्रवेश रोक्नका लागि विदेश विभागले आप्रवासन प्रक्रियाहरुको पुनर्मुल्यांकन गर्दैछ।’

विदेश विभागका अनुसार प्रभावित देशका मानिसले पनि अझै आप्रवासन भिसाका लागि आवेदन दिनसक्छन्। तर स्थगन अवधिसम्म कुनै पनि भिसा स्विकृत हुने वा जारी हुने छैन।

यसअघि गत सोमबार विदेश विभागले सन् २०२५ मा १ लाखभन्दा धेरै मानिसको भिसा खारेज गरिएको जनाएको थियो।

यसमा ओभरस्टे गर्ने पर्यटक, आपराधिक कार्यमा सहभागि मानिस, मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्तिलगायत थिए। पर्यटक, विद्यार्थी र विशिष्टकृत कामदारको भिसा रद्द गरिएको थियो।

यी हुन् अमेरिकाले आप्रवासी भिसा रोकेको ७५ देश

१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा एण्ड बारबुडा
५. आर्मेनिया
६. अजरबैजान
७. बहमास
८. बंगलादेश
९. बारबाडोस
१०. बेलारूस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. म्यानमार (बर्मा)
१६. क्याम्बोडिया
१७. क्यामरून
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कोट डी आइभर
२१. क्युबा
२२. कंगो (डेमोक्रेटिक रिपब्लिक)
२३. डोमिनिका
२४. इजिप्ट
२५. इरिट्रिया
२६. इथियोपिया
२७. फिजी
२८. गाम्बिया
२९. जर्जिया
३०. घाना
३१. ग्रेनेडा
३२. ग्वाटेमाला
३३. गिनी
३४. हैटी
३५. इरान
३६. इराक
३७. जमैका
३८. जोर्डन
३९. कजाखस्तान
४०. कोसोभो
४१. कुबेत
४२. किर्गिजस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुवा
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. कंगो (रिपब्लिक)
५७. रूस
५८. रवाण्डा
५९. सेन्ट किट्स एण्ड नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनेडाइन्स
६२. सेनेगल
६३. सिएरा लियोन
६४. सोमालिया
६५. दक्षिण सूडान
६६. सूडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्यान्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरूग्वे
७४. उज्बेकिस्तान
७५. यमन

सम्बन्धित समाचार

ताजा न्यूज