सोम, कार्तिक १०, २०८३
13.1 C
Kathmandu

भारतको हिमाचलमा आगलागी हुँदा दुई परिवारका ९ नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजारमा आगलागीसँगै सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु भएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा घर भएका धनबहादुर विक र काशीराम विकका परिवारको आइतबार मध्यराति ज्यान गएको हो ।

मध्यरातमा आगो लागेपछि ज्यान जोगाउन कोठाभित्र हारगुहार गरिरहँदा सिलिन्डर विस्फोट भएर उनीहरूको मृत्यु भएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय राजीव गुप्ताको घरको माथिल्लो तलामा विक परिवार सुतेका थिए भने भुइँतलाको पसलमा ग्यास सिलिन्डरलगायतका सामान थिए । पसलमा आगलागी भएपछि सिलिन्डर विस्फोट भएको थियो ।

दुर्घटनामा परी ३३ वर्षीय धनबहादुर विक, श्रीमती कविता, छोरीहरू राधा र रेनुका तथा २२ महिने छोरा राजनको मृत्यु भएको छ । ४७ वर्षीय काशीराम विक, श्रीमती टीका, छोरी अनु र छोरा किरणले पनि ज्यान गुमाएका छन् । विस्फोटमा परेका कारण उनीहरूको शव चिन्न मुस्किल पर्ने अवस्थामा रहेको घटनाका प्रत्यक्षदर्शी प्रेम विकले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज