बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

कुलमानले किन बोले झुट, मन्त्री नछाड्न भने–म कुनै पार्टीको सदस्य छैन

काठमाडौं । केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति हुने गरी सहमतिपत्र हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैनु भनेर सोधिएको प्रश्नमा उनले आफू कुनै पनि पार्टीको सदस्य छैनु भनेर झूटो बोलेका हुन्।

पुस १४ गते राति रास्वपा सभापति रवि लामिछानेसँग गरिएको सातबुँदे सम्झौताको चौथो नम्बरमा कुलमानलाई उपसभापति बनाउने कुरा उल्लेख छ।

ुराष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,ु उक्त बुँदामा भनिएको छ।

उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको उक्त सहमति अनुसार कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति भएको प्रस्टै छ। वरीयता कुलमानपछि डिपी अर्याल र त्यसपछि स्वर्णिम वाग्ले छन्।

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट १८ जनालाई रास्वपाले आफ्नो समानुपातिक सूचीमा समेत समावेश गरेको छ। उक्त सूचीमा कुलमानले आफ्ना भान्जा र ससुराको नामसमेत राखेको भन्दै पार्टीभित्रै विवाद भएको थियो।

उनी आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बैठकमा समेत नियमित रूपले सहभागी भइरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले समेत ऊर्जामन्त्री घिसिङलाई सरकार छाड्न सुझाव दिएकी थिइन्।

सम्बन्धित समाचार

ताजा न्यूज