बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

भेनेजुएलाका अपदस्थ राष्ट्रपति मादुरो अमेरिकी अदालतमा उपस्थित, आरोप अस्वीकार

एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ ।

संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ । उनले न्यायाधीशसमक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् ।

त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ ।

मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ । सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३ सय कैदी छन् ।

म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्रायः यहीँ राखिने गरिन्छ । यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त, लागूऔषध तस्करका आरोपीसमेत राखिन्छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज