मङ्ल, कार्तिक २५, २०८३
12.1 C
Kathmandu

महामन्त्रीहरू आफैँले विशेष महाधिवेशनको कुरा उठाउनु ठिक छैन : शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले महामन्त्रीहरू आफैँले विशेष महाधिवेशनको कुरा उठाउनु ठिक नभएको बताएका छन् । आफूले पनि विशेष महाधिवेशन चाहेको भन्दै कोइरालाले नियम र कार्यविधिअनुसार केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने बताएका छन् । कमजोरी लुकाउने नभइ सुधार्दै जानुपर्नेमा उनले जोड दिएका छन् ।

यसो भन्छन शेखर कोइराला

विशेष महाधिवेशनको कुरा महामन्त्रीहरूले नै बोल्नुभएको छ । तर, यसको प्रक्रिया के हुने हो ? कसले गर्ने हो ? केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । कांग्रेसका महामन्त्रीहरूले आफैँले विशेष महाधिवेशनको कुरा उठाउनु ठिक छैन । म पनि चाहन्छु, विशेष महाधिवेशन । तर, नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस् । सुरुदेखि म यही भन्दै आएको छु ।

तर, महाधिवेशन गर्ने मात्र होइन, कस्तो महाधिवेशन गर्ने, के गर्ने र कसले गर्ने भन्ने स्पष्ट हुनुपर्छ । केन्द्रीय समितिले कार्यविधि बनाउनुपर्छ । जिम्मा लिएको क्रियाशील समितिले पूर्ण रूपमा काम सकेको छैन, किन पूरा भएन । नवीकरणको प्रक्रिया पनि नौवटा जिल्लामा पूरा भएको छैन भन्ने सुनेँ । नयाँ क्रियाशील सदस्यको सिरियल नम्बर नहालेर पठाउन किन भनियो ? यही कारणले ढिलाइ भएको हो । त्यो बुझ्नुपर्‍यो नि । खालि दोष लगाएर काम चल्दैन । कमजोरी हामीबाटै भएको छ । मबाट पनि कमजोरी भएको छ । कमजोरी लुकाउने होइन, सुधार्दै जानुपर्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज