मङ्ल, कार्तिक २५, २०८३
12.1 C
Kathmandu

घट्यो पेट्रोलियम पदार्थको मूल्य, एलपिजी ग्यासको मूल्य भने यथावत

काठमाडौं । नेपाल आलय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा चार रुपैयाँ १९ पैसा, डिजेलमा ५ रुपैयाँ ६ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ १५ पैसाले घटेर आएका कारण निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

परिवर्तित मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १५९ रुपैया र डिजेल १३७ रुपैयाँ पर्नेछ । एलपिजी ग्यासको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज