काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्यको समझदारी भएको छ ।
लामिछाने र शाहबिच वैकल्पिक शक्तिहरूलाई एक ठाउँ ल्याउन पहल गर्ने सहमति भएको छ । लामिछाने र शाहबिच गएराति रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो । दुई नेतालाई मिलनको विन्दुमा पु¥याएको नेता असमि शाहले बताए ।
मिलेर जाने, एक–अर्कालाई साथ दिने निष्कर्ष रहेको उनले बताए । छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन, जेन–जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए ।
सहकार्यको मोडल र शक्ति बाँडफाँटका विषय टुंग्याउने कसरत भने जारी रहेको बताइएको छ । लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् ।
रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १ः४२ बजे रास्वाप नेता असिम शाहले फेसबुकमा लेखे–
रवि र बालेनबिच सोमबार बिहान र साँझ गरी दुईपटक सामूहिक र छुट्टाछुट्टै छलफल भयो । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चल्यो । उनीहरूबिच सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भयो । दुवैजना सहकार्य गर्ने विषयमा सहमत भएका छन् । निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबिच सघन छलफल भएको नेताहरूले बताएका छन् । रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
