मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

एमाले महाधिवेशनमा २२२७ जनाले गरे मतदान, यी हुन् भोट नहाल्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन ।

२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’

यि हुन् अनुपस्थित ३६ प्रतिनिधि (सूची)
झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी अनुपस्थित रहे।

त्‍यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे।

केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा उपस्थित भएनन्।

यसअघि केन्द्रीय सदस्यहरू रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले पनि मतदान गरेनन्।

अनुशासन आयोगको पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल उपस्थित भएनन्।

समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले पनि मतदान गरेनन्।

सम्बन्धित समाचार

ताजा न्यूज