मङ्ल, अशोज ६, २०८३
24.1 C
Kathmandu

नेपाल एसिसी यु १९ एसिया कपबाट बाहिरियो, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने

काठमाडौं । लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो । नेपालले दिएको १ सय ३१ रनको झिनो लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।

समूहमा लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन् ।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ३ विकेट र दोस्रो खेलमा श्रीलंकासँग २ विकेटले पराजित भएको हो ।

अर्को समूहमा भारतले २ खेल, युएई र पाकिस्तानले समान १ खेल जितेका छन् । मलेसिया जितविहिन छ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेलेका हुन् ।

सम्बन्धित समाचार

ताजा न्यूज